लेकम गाउ पालिका सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको ९ ओटा स्थानिय तह मधे एक हो | २०७३ फागुन २७ गते स्थापना भएको लेकम गाउपलिकाको क्षेत्रफल ८३.९८ वर्ग किलोमीटर रहेको छ | करिब १४८३८ जनसंख्या रहेको यो गाउपालिका ६ ओटा वडाहरुमा विभाजित छ | साबिकका ४ गा बि स खराकडा,लाली ,रिठाचौपता र सर्मोली मिलेर बनेको यो गाउपालिका देवाभुमिको नामले प्रचलित छ | महाकाली र चमेलिया नदीसंग सिमाना जोडिएको यो गाउपालिका अन्तरास्तीय नाकाको सम्भावना रहेको गाउपालिका हो |